प्रभु महालक्ष्मी लाइफको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य १८० रुपैयाँ

७ कार्तिक २०८१, बुधबार ११:४५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १ लाख ६२ हजार ९५० कित्ता शेयर लिलाम मार्फत् बिक्रीमा राखेको छ । कम्पनीले इच्छुक जोकोही लगानीकर्ताले किन्न सक्ने गरी शेयर बिक्रीमा राखेको हो ।

खरीदकर्ताले प्रतिकत्ता न्यूनतम मूल्य १८० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।

आवेदन आज कात्तिक ७ देखि ९ गते कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ । यो अवधिभित्र प्राप्त आवेदनहरू कात्तिक ११ गते बिहान ११ बजे बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी–काठमाडौंमा खालिने कम्पनीले जनाएको छ ।

साथै उक्त शेयर यसअघि नै विद्यमान संस्थापकहरूमा बिक्री खुला गरिसकिएको सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*