तोडियो समाज र स्वस्तिक लघुवित्तबीचको मर्जर, यस्तो छ कारण

१८ भाद्र २०७८, शुक्रबार १२:४९

काठमाडौं । दुई लघुवित्त एक आपसमा गाभिने सम्झौता तोडिएको छ । सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले सिरहाको लहानमा मुख्य कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर तोडेको हो । नेप्सेमार्फत जानकारी गराएको सूचनामा दुई लघुवित्तको मर्जर नहुने जनाएको हो ।

भदौ १६ गते बुधबार समाज लघुवित्तको संचालक समितिको ६७ औं बैठकले मर्जर अघि नबढाउने निर्णय गरेको हो । यी दुवै लघुवित्तबीच गत वर्ष असोज ५ गते एकआपसमा गाम्भे गाभिने (मर्जर) मा जाने सम्बन्धि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकआपसमा गाभिन सैद्धान्तिक सहमति समेत दिएको थियो ।

समाज लघुवित्तले गत जेठ ११ मा मर्जर प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको थियो । उक्त विशेष साधारणसभामा गणपूरक संख्या नपुगेपछि गत असार २० गते दोस्रो पटक विशेष साधारण सभा बोलाएको थियो ।

कम्पनी ऐनको दफा ७३ को उपदफा ३ अुनसार विशेष साधारणसभामा २५ प्रतिशत प्रतिनिधित्वलाई गणपुरक मानिने व्यवस्था भएअुनसार कुल शेयरको ५५.४९ प्रतिशत उपस्थिति रहेकोमा कुल उपस्थितिको ६६.६७ प्रतिशत र कुल शेयरपूँजीको ३७ प्रतिशत शेयरधनीबाट सैद्धान्तिक सहमतिमा उल्लेख भएअनुसार केन्द्रीय कार्यालय बर्दिबास महोत्तरी नभई स्वस्तिककै केन्द्रीय कार्यालय लहानमा राख्ने भएपछि समाज लघुवित्तले उक्त मर्जर प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो ।

समाज लघुवित्तले शेयरधनीले लहानमा केन्द्रीय कार्यालय राख्न नसकिने जनाएको कारण सो जानकारी राष्ट्र बैंकलाई दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*