सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, अब प्रतितोला कति ?

७ कार्तिक २०८१, बुधबार १०:३४

काठमाडौँ । सुनको मूल्यले अर्का नयाँ रेकर्ड कायम राखेको छ । सुन आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

मंगलबारको उच्च मूल्यलाई तोड्दै सुनले इतिहासिक रेकर्ड बनाएको हो । आज सुन तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको हो ।

यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*