लगातार घटेको सुन आज तोलामा १०० रुपैयाँले बढ्यो

१८ भाद्र २०७८, शुक्रबार १२:१२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । लगातार तीनदिनसम्म ओरालो लागेको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९० हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

हिजो बिहिबार छापावाला सुन तोलाको ९० हजार ८०० रुपैयाँ, तेजाबी सुन ९० हजार ३०० रुपयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहिबार १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी भने आज १० रुपैयाँले घटेर १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*