आँखुखोला जलविद्युतको शेयर बाँडफाँड, अन्तिम मूल्य १७१ रुपैयाँ

७ कार्तिक २०८१, बुधबार ०९:३२

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ ।

कम्पनीले हकप्रद निष्काशन गर्दा सम्पूर्ण शेयर बिक्री नभएपछि गत असोज ११ देखि २० गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको थियो ।

उक्त अवधिभित्र परेका बोलपत्रहरू कात्तिक २ गते खोलेर बाँडफाँडको लागि निष्काशनकर्ता नबिल इन्भेष्मटेन्ट बैंकिङ्गको सञ्चालक समितिमा पेश गरिएको थियो । समितिले कात्तिक ६ गते अन्तिम मूल्य १७१ रुपैयाँलाई आधार मानेर सापेक्षिक भार अनुसार समानुपातिक रुपमा शेयर बाँडफाँड गरिएको जनाएको छ ।

साथै बाँडफाँडमा शेयर नपरेकाहरूको रकम आज (कात्तिक ७ गते) देखि आवेदन फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थामा आईपीएस मार्फत रकमान्तर गरिने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*