कुमारी र प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा

७ कार्तिक २०८१, बुधबार ०९:१३

काठमााडौं । कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेका छन् । बैंकहरूले संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा राखेका हुन् ।

कुमारी बैंकले ८८ हजार ३५० कित्ता शेयर संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेको छ । शेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने र म्याद नाघेमा सर्वसाधारणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ ।

यता, प्राइम बैंकले पनि संस्थापक शेयर बिक्रीमा राखेको छ । तर कति कित्ता शेयर हो भन्नेबारे हाल जानकारी खुलाएको छैन् । यद्यपि बैंकले केही कित्ता शेयर सर्वसाधारणका लागि र केही कित्ता संस्थापकका लागि बिक्री खुला गरिएको बताएको छ ।

शेयर बिक्री गर्ने संस्थापकको नाम र मूल्यका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न भनिएको छ । निवेदन पेश गर्नका लागि सर्वसाधारणलाई १५ दिन र संस्थापकलाई ३५ दिनको समयावधि दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*