प्राइम कमर्सियल बैंकको खुद नाफा १ अर्ब २८ करोड, खराब कर्जा बढ्दा कस्ता छन् अन्य सूचक ?

७ कार्तिक २०८१, बुधबार ०८:४०

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.७५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशतले बढेर २ अर्ब ३३ करोड १८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १ अर्ब ९९ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।

यता, बैंकको सञ्चालन मुनाफा ११.१५ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तीन महिनामा १ अर्ब ६४ करोड ४९ लाख रुपैयाँ संचालन नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा १ अर्ब ८२ करोड ८३ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद फि तथा कमिशन आम्दानी ७.८७ प्रतिशत बढेको छ । कम्पनीको चुक्तापूँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा १० अर्ब ९ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७९ पैसा बढेर २६ रुपैयाँ ५३ पैसा र प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ११ पैसा रहेको छ । खराब कर्जा३.६७ प्रतिशतबाट बढेर ४.८६ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*