नबिल बैंकको खुद नाफा २ अर्ब ५ करोड, ईपीएस ८ रुपैयाँले बृद्धि, कस्ता छन् अन्य सूचक ?

७ कार्तिक २०८१, बुधबार ०८:२६

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले आफ्ना प्रमुख वित्तीय सूचांकहरुलाई आक्रामक तरिकाले बृद्धि गर्न सफल भएको छ ।

वाणिज्य बैंकहरुमा अब्बल बैंकिङ्ग सेवा दिदैं आएको यस बैंकले चालु आवको पहिलो त्रैमासमा खुद नाफालाई ३९.९७ प्रतिशतले बृद्धि गरी २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ पुर्याएको छ । बैंकले गत वर्ष यसले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ३६.०९ प्रतिशतले बढ्दा खुद नाफा आक्रामक तरिकाले बृद्धि भएको छ । गत आवको सोही अवधिमा दुई अर्ब १२ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा यस अवधिमा बढेर दुई अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको इम्पेयरमेन्ट चार्ज सामान्य अंकले घटेर एक अर्ब ११ करोड रुपैयाँबाट ४५ करोड ७७ लाखमा झरेको छ । यसले गर्दापनि बैंकको नाफा बढ्न टेवा पुगेको छ । नबिलको खराब कर्जा दर १.५८ प्रतिशत विन्दुबाट घटेर १.४२ प्रतिशतमा झरेको छ ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकको जगेडा कोषमा ३० अर्ब ५ करोड रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५२ पैसाले बढेर २९ रुपैयाँ ८३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २२९.४८ रुपैयाँ छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*