नेपाल बैंकको नाफामा उल्लेख्य वृद्धि, कस्ता छन् अन्य सूचक?

७ कार्तिक २०८१, बुधबार ०८:२४

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि देखिएको छ ।

चालु आवको असोज मसान्तसम्म बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२२.९८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा, खुद ब्याज आम्दानी ०.४३ प्रतिशतले घटेर २ अर्ब २० करोड ८२ लाख रुपैयाँ पुगेको छ । यो गत आवमा २ अर्ब २१ करोड ७७ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा खुद फि तथा कमिशन आम्दानी पनि ७.०३ प्रतिशतले घटेर २९ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ ।

इम्पेरमेन्ट चार्ज ६८ करोड ८४ लाख रुपैयाँबाट घटेर ६८ करोड ८४ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ०.०८ प्रतिशतले घटेर २ अर्ब ६४ करोड ७४ लाख रुपैयाँमा झर्दा सञ्चालन मुनाफामा ५६४.६१ प्रतिशतले वृद्धि भई ९४ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष ४.५३ प्रतिशतले बढेर २४ अर्ब २० करोड २९ लाख रुपैयाँ पुगेको छ भने ग्राहकको निक्षेप १.१२ प्रतिशतले बढेर २ खर्ब ८६ अर्ब २५ करोड ७० लाख रुपैयाँ र ग्राहकमा प्रवाह गरिएको कर्जा २.७९ प्रतिशतले बढेर २ खर्ब २ अर्ब ५४ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५१ पैसाले बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ २६४ रुपैयाँ ७१ पैसा, आधारदर ६.७२ प्रतिशत छ भने मूल्य आम्दानी अनुपात १७.९८ गुणा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*