४६.४० प्रतिशतले बढ्यो कामना सेवा विकास बैंक नाफा, अधिकांश सूचकमा उत्कृष्ट ग्रोथ

७ कार्तिक २०८१, बुधबार ०८:२१

काठमाडौँ । कामना सेवा विकास बैंक वित्तीय अवस्था निकै बलियो बन्दै अघि बढी रहेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश सूचकहरुको लोभलाग्दो प्रगति देखिएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.४० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा पनि बैंकले ११ करोड ९५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५.६६ प्रतिशत बढेर ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ४९ करोड ९ लाख १० हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको संचालन नाफा ४२.५६ प्रतिशत बढेर २५ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको उक्त नाफा १८ करोड ९५ हजार रुपैयाँ मात्रै थियो । यता, बैंकको वितरणयोग्य नाफा पनि २० करोड ९८ लाख ४४ हजार रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.९६ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँ, जगेडा तथा कोषमा १ अर्ब ६९ कोड ३२ लाख २६ हजार रुपैयाँ, निक्षेप संकलन २.८५ प्रतिशत वृद्धि भई ६० अर्ब ७५ करोड ५३ लाख रुपैयाँ र कर्जा लगानी ३.१० प्रतिशत वृद्धि भई ४७ अर्ब ४० करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९४ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३.७४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*