नेपाल एसबिआई बैंकको नाफा ७०% ले बृद्धि, इपीएस ३१ रुपैयाँ, कस्तो छ अन्य सूचकको प्रगती ?

७ कार्तिक २०८१, बुधबार ०८:०४

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार बैंकले आफ्ना प्रमुख वित्तीय सूचांकहरुलाई बलियो बनाउँदै लगेको छ । जसमा अधिकांश सूचांकहरु बढेका छन् ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ०. ३६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी ०.४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७८.२६ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि १२ रुपैयाँ ७८ पैसा बढेर ३१ रुपैयाँ ३ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ४६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.११ गुणा रहेको छ।

यस अवधिसम्म आइपुग्दा १ अर्ब ८६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३६ पैसा कायम छ । बैंकको खराब कर्जा २.३५ प्रतिशतबाट घटेर १.८४ प्रतिशतमा पुगेको छ । हाल बैंकको चुक्तापुँजी १० अर्ब ५० करोड १ लाख रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*