सानिमा बैंकको खुद नाफा ४० करोड, यस्ता छन् समग्र वित्तीय सूचक

७ कार्तिक २०८१, बुधबार ०७:२७

काठमाडौँ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा करिव ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको चालु आवको पहिलो अपरिष्कृत वित्तीय विवरणले उक्त मुनाफा कमाएको देखाएको हो ।

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.२७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानीबाट एक अर्ब ३२ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो आम्दानी १३ प्रतिशतले घट्न पुगेको छ । गत आवमा बैंकले खुद ब्याज आम्दानीबाट एक अर्ब ५२ करोड रुपैयाँ कमाएको थियो ।

बैकको सञ्चालन मुनाफा झिनो अंकले घटेको छ । यस अवधिमा बैंकको यस्तो मुनाफा ५ प्रतिशतले घटेर एक अर्ब ९९ करोड रुपैयाँबाट एक अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४४ पैसा घटेर ११ रुपैयाँ ७७ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ९६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.१४ गुणा रहेको छ ।

बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ५.३७ प्रतिशत बढेको छ । त्यस्तै, सो अवधिमा बैंकको निक्षेप १.३४ प्रतिशत र कर्जा तथा सापटी ०.९२ प्रतिशत बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*