लक्ष्मी सनराइज बैंकको मुनाफा ४२० प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उछाल

७ कार्तिक २०८१, बुधबार ०७:१०

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको नाफामा उछाल देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासीक विवरण अनुसार खुद नाफा ४२०.२३ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको ३ महिनामा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड ३० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७५ प्रतिशतले घटेर २ अर्ब ६७ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ८६ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको सञ्चालन मुनाफा ४२५.२३ प्रतिशतले बढेर ७५ करोड ६९ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालक मुनाफाा १४ करोड ४१ लाख रुपैयाँ मात्र रहेको थियो ।

समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १४ करोडबाट घटेर १ अर्ब १६ करोड, वितरणयोग्य मुनाफा १ अर्ब ४९ करोड रुपैयाँ, चुक्ता पूँजी २३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ, जगेडा कोष ६.७९ प्रतिशत बढेर १८ अर्ब ७६ करोड, बैंकको निक्षेप १.६८ प्रतिशत र कर्जा तथा सापटी ३.११ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ३५ पैसा बढेर ९ रुपैयाँ २५ पैसा, प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ९५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*