सामलिङ पावरको ५ लाख कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला, कसरी दिने आवेदन ?

१८ भाद्र २०७८, शुक्रबार ११:३४

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गरको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीलपे प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

इच्छुक लगानकिर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा छिटोमा असोज १ गते र ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

आइपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको आइपीओ यसअघि नै निष्काशन गर्ने भनिएकोमा ईलाममा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न लागू गरिएको निषेधाज्ञाका कारण स्थगित भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*