नेपालमा समावेशी बीमा बजार विकास गर्न नियामक र कम्पनीबीच छलफलदेखि लघुबीमाको अभ्यासमा बहस

६ कार्तिक २०८१, मंगलवार १९:२३

काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रोे दिन पहिलो दिन कन्फ्रेन्स समुदघाटन गर्दै तीन मुख्य सेसनमा आज छलफल भएको छ।

नेपाल बीमक संघ, जीवन बीमक संघ , नेपाल लघुबीमक संघ र नेपाल बीमा प्राधिकरणले म्युनिख री फाउण्डेशन र माइक्रोबीमा नेटवर्कको सहकार्यमा सम्मेलन आयोजना गर्न हिजोदेखि काठमाडौंको याक एण्ड यतीमा सुरु भएको हो ।

विश्वभरका ५०० भन्दा बढि बिज्ञ तथा प्रतिनिधिहरु सहभागी भइरहेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको आज विहान भव्य समारोहका बीचमा उपराष्ट्रपति राम सहाय यादवबाट उद्घाटन गरी आजदेखि औपचारिक रुपमा कार्यक्रम शुभारम्भ भएको छ ।

आज लघुबीमाको परिदुश्य, आगामी बजार, समावेशी रुपमा सबैलाईए समेट्ने माध्यम भविष्य, नियामकिय भूमिका र नेपालमा समावेशी बीमा बजार विकास गर्न के चाहिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो ।

लघुबीमाको परिदुश्य र भविष्य निर्माण अन्तरालहरूको बिषयमा छलफल भएको छ। जसमा लघुबीमाको परिदुश्यमा २०२४ को डाटा संकलनको अभ्यासको पारम्भिक नतिजाहरु प्रस्तुत गरिएको थियो । यो सेसनमा सहभागीहरुबाट नै सर्वेक्षण गराएर प्यानल डिस्कसन गरिएको थियो र सर्वेक्षण गर्दै कार्यपत्र प्रस्तुती दिएर सहभागीहरुलाई सहज रुपमा बुझने आधारबाट सेसन सम्पन्न गरिएको थियो ।

दोस्रो सेसनमा फलिपिन्समा लघुबीमाको ग्राउन्डब्रेकिंग सफलताको कथा देखि नियामकिय अभ्यासको बिषयमा छलफल गरिएको थियो ।

नेपालमा समावेशी बीमा बजार विकास गर्न के चाहिन्छ भन्ने बिषयमा नेपालको तर्फबाट नियामकदेखि पुनर्बीमा र बीमा कम्पनीको तर्फबाट वक्ताहरुले यस बिषयमा अन्तिम सेसनमा छलफल गरिएको थियो । जसमा फ्यासिलेटरको रुपमा युएण्डिपी– आइरएफएफका रिजनल लिड एशिया प्रशान्तको तर्फबाट डाईना अलमोरेले सहजकर्ताको भूमिका रहेकि थिईन् ।

यस सत्रमा नेपाल र यस क्षेत्रमा समावेशी बीमा समाधानको विकासका लागि अवसर र अवरोधहरूबारे छलफल गरिएको थियो ।

पाँच दिनसम्म सञ्चालन हुने सम्मेलन अक्टोबर २५ तारिख (आइतबार) अन्त्य हुनेछ । कार्यक्रममा ५० भन्दा बढी देशका ४०० भन्दा बढी बीमा विज्ञ, बीमाकर्ता प्रतिनिधिहरू सहभागी भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*