निर्देशन उल्लंघन गर्ने तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारबाही

६ कार्तिक २०८१, मंगलवार १६:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई कारबाही गरेको छ।

केन्द्रिय बैंकले मितेरी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक र सिन्धु बिकास बैंक, रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स र गुर्खाज फाइनान्सलाई कारवाही गरेको छ ।

रिलायन्स फाइनान्सलाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै ११ हजार २२७ रुपैयाँ जरिवाना भर्न लगाइएको छ भने अरु तीन विकास बैंक र तीन फाइनान्सलाई सचेत गराइएको छ।

मितेरी ४ दशमलब ६० प्रतिशत ब्याजदर अन्तर कायम गरेकोले तथा सिन्धु र साल्पाले वित्तिय विवरण बुझाउन ढिलाई गरेकोमा कारबाहीमा परेका हुन्।

त्यस्तै, प्रोग्रेसिभ, जानकीले वित्तिय विवरण बुझाउन ढिला गरेकाले र गुर्खाज फाइनान्सले स्वार्थ बांझिने गरि ग्राहकसँग कारोबार गरेकाले कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*