लघु बीमाको नयाँ लाइसेन्स वितरण गर्दिन, सातबाट अब आठ हुँदैनः अध्यक्ष सिलवाल

६ कार्तिक २०८१, मंगलवार १५:५२

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नेपालमा नयाँ बीमा कम्पनीको लाइसेन्स वितरण गर्ने सम्भावना नरहेको बताए । अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिलवालले भने, ‘नयाँ लघुबीमाको लाइसेन्स वितरण हुने छैन । सात वटा छ, अब आठौं हुँदैन । ढुक्क हुनुहोला ।’

अध्यक्ष सिलवालले लघु बीमाले स्थापना हुँदाका बखत निर्धारण गरिएको उद्देश्य अनुरुप काम भए नभएको समीक्षा गर्न बाँकी रहेको भन्दै ठूला बीमा कम्पनीका लागि सरकारले तोकेको निश्चित प्रतिशत माइक्रो इन्स्योरेन्स गर्नुपर्ने व्यवस्था लागू भए नभएको सम्बन्धमा पनि पछि छलफल हुने बताए ।

अध्यक्ष सिलवालले सरकारले फोर्स फुल्ली बीमा गराउनेतर्फ बाध्यतकारी नियम लागू गरेको भन्दै अनिवार्य गराउनतर्फ ध्यान केन्द्रित गराउनु पर्ने उनको धारणा रहेको छ।

उनले, ‘म सातै प्रदेशको क्षेत्रमा पुगेको छु । बीमा भन्नेकुरा सुनेको छ । बीमा उसले गरेको छैन । यसका दुई कारण छन् । मसँग छ तर म गर्दिन । किनभने मलाई वाइयात लाग्छ एउटा कारण । अर्को मलाई गर्नु चाहीँ छ तर मसँग पैसा छैन ।

त्यसकारण हामीले अहिले सरकारसँग लभिङ गरिरहेको कुरा भनेकै बीमा गर्न बाध्य बनाउनु पर्यो । उसलाई बीमा गर्न बाध्य बनाउनुको मतलव पोलिसीबाट उसलाई बाध्य बनायौँ तर फाइदा उसले नै पाउने हो । बाध्य बनाउने पाटोमा हालको लागि हामीले जानुपर्छ ।’

कार्तिक ९ गतेसम्म हुने सम्मेलनमा न्युन आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

जलवायु जोखिम बीमा, लघुबीमा डिजिटल प्रविधि अवलम्वन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउने सम्बन्धी रणनीतिहरु लगायतका विषयमा सहभागीहरुबीच छलफल हुने बताइएको छ । सम्मेलनमा नेपालसहित विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विकास साझेदार, गैरसरकारी संस्था, बीमा क्षेत्रका विज्ञहरु सहभागी हुनुहुन्छ ।

सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरू तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिष्कृत गर्नेलगायतका विषयमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ ।

यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउनेसम्बन्धी रणनीतिहरूलगायतका विषयमा सहभागीहरूबीच छलफल केन्द्रित हुनेछ ।

सम्मेलनका विभिन्न सत्रहरूमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरू, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम् अवलम्बन जस्ता मुख्य विषयहरूमा विभिन्न कार्यपत्र प्रस्तुतिका साथै कार्यपत्रहरूमाथि छलफल हुने कार्यक्रम पनि रहेको छ ।

सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरू गरी चारसयभन्दा बढीको सहभागिता रहेको छ ।

समाजमा आर्थिकरूपमा पछाडि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगहरूको वित्तीय जोखिम न्यूनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*