समावेशी बीमा सम्मेलनपछि नेपालको बीमा क्षेत्र गरिबमैत्री हुने विश्वास लिएको छुः उपराष्ट्रपति यादव

६ कार्तिक २०८१, मंगलवार १५:४४

काठमाडौं । समावेशी अन्ताष्ट्रिय बीमा सम्मेलनपछि नेपालको बीमा क्षेत्र गरिबमैत्री हुने अपेक्षो उपराष्ट्रपति राम सहाय यादवले गरेका छन् ।

विश्वभरका ५०० भन्दा बढि बिज्ञ तथा प्रतिनिधिहरु सहभागी भइरहेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको आज विहान भव्य समारोहका बीचमा उपराष्ट्रपति राम सहाय यादवले यस्तो बताएका हुन् । समावेशी बीमा कन्फ्रेन्सले आम जनतामा कसरी पहुँच पुराउने भन्ने बिषयमा उजागर गर्ने वातावरण तय गरेस् भन्दै उनले पाँच दिने कार्यक्रम भव्यताका साथ सफल रहोस् भन्ने शुभकामना समेत दिएका छन्।

समाजमा आर्थिकरूपमा पछाडि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगहरूको वित्तीय जोखिम न्यूनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास रहेको उपराष्ट्रपति यादवको रहेको छ।

प्राकृतिक विपत्तिमा बीमाले बिशेष महत्व दर्शाएको उपराष्ट्रपति राम सहाय यादवले बताएका हुन् । चाहे भुकम्पको बेलामा होस् वा बाढी पहिरोको कारण विभिन्न क्षेत्रमा पुराएको क्षतिमा बीमाले बिशेष महत्व दर्शाएको बिषयमा स्मरण समेत कार्यक्रममा गराएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*