गुडविल फाइनान्स र कुमारी बैंकमा लगानीकर्ताको लर्को, यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

६ कार्तिक २०८१, मंगलवार १५:०६

काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेतापनि कारोबार रकम चाँही सोमबारको तुलनामा घट्न पुगेको छ । आज ३१४ वटा कम्पनीहरुको एक करोड नौ लाख ६२ हजार कित्ता शेयरको खरिद–बिक्री भएर चार अर्ब १७ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।

आज गुडविल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको प्रतिकित्ता १०४५ रुपैयाँका दरले १७ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, कुमारी बैंक, हिमालयन रि इन्स्योरेन्स, पिपल्स हाइड्रोपावर, नेपाल एसबिआई बैंक लगायतका कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*