जीवन बीमा अभिकर्ताको परीक्षा कात्तिक ८ गते

६ कार्तिक २०८१, मंगलवार ११:०६

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले एक सूचना प्रकाशित गर्दै अनलाइन माध्यमबाट कात्तिक ८ गते दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने भएको हो ।

बीमा ऐन २०७९ अनुसार मध्यस्र्थकर्ताहरुको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्दै आएको  प्राधिकरणले जनाएको छ ।उक्त परीक्षामा देशभरीका परीक्षार्थीहरु समावेश हुन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*