कामना सेवा विकास बैंकका शेयरधनीको डिम्याट खातामा लाभांश जम्मा

६ कार्तिक २०८१, मंगलवार १०:४७

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । बैंकले असोज ३० गते सम्पन्न साधारण सभाबाट पारित लाभांश कात्तिक १ गतेबाट खातामा पठाउन सुरु गरेको थियो ।

बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ ।

यता, बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ ।

बैंकको असोज ३० गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*