अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको उपराष्ट्रपति यादवद्वारा औपचारिक उद्घाटन

६ कार्तिक २०८१, मंगलवार १०:१९

काठमाडौं । विश्वभरका ५०० भन्दा बढि बिज्ञ तथा प्रतिनिधिहरु सहभागी भइरहेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको आज विहान भव्य समारोहका बीचमा उपराष्ट्रपति राम सहाय यादवबाट उद्घाटन सम्पन्न भएको छ । उपराष्ट्रपति यादवले पानसमा दीप प्रज्वलन गर्दै भव्य र ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नु भएको हो ।

म्यूनिख रि फाउण्डेशनका अध्यक्ष रेनाट ब्लेईच, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालसहितको उपस्थितिमा यही अक्टोवर २५ तारिखसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय बीमा सम्मेलनको औपचारिक उद्घाटन गरिएको हो ।

सम्मेलनमा नेपालबाट दुई सय भन्दा बढि प्रतिनिधिहरु सहभागी छन् भने विश्वका अन्य ४० देशका करिब ३०० जना बीमा बिज्ञ तथा प्रतिनिधिहरु सहभागी रहेका छन् । म्युनिख रि फाउण्डेशनको मुख्य रणनीतिक योजनामा सञ्चालन हुने सम्मेलनमा नेपालबाट नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, लघु बीमक संघ तथा माइक्रो इन्स्योरेन्स नेटवर्क कार्यक्रम सफल पार्न सहभागी भएका छन् ।

सम्मेलनमा न्यून आय भएका जनताको बीचमा बीमाको पहुँच स्थापित गर्ने सम्बन्धमा गहन र फराकिलो छलफल हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*