विश्व लगानीकर्ता सप्ताह आजदेखि शुरू

६ कार्तिक २०८१, मंगलवार ०९:४४

काठमाडौं । अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) ले विश्व लगानीकर्ता सप्ताह २०२४ आजदेखि शुरू गर्न लागेको छ । यो कार्यक्रम कात्तिक १२ गतेसम्म सञ्चालन हुनेछ ।

यस सप्ताहको मुख्य उद्देश्य धितोपत्र बजारका लगानीकर्ताहरूलाई शिक्षा, सचेतना, र बजारका विभिन्न पक्षहरूमा जानकारी प्रदान गर्नु हो । यस अभियानले विभिन्न देशहरूमा लगानीकर्ताहरूलाई सही निर्णय लिन सहयोग पुर्याउने र बजारमा हुने जोखिमबाट बच्न शिक्षित बनाउने विश्वास गरिन्छ ।

बोर्डले कुल १२८ देश र १३ संस्थाहरूको सहभागितामा यो सप्ताहको आठौं संस्करण सञ्चालन गर्ने योजना बनाएको छ । यस संस्करणमा लगानीका आधारभूत कुराहरू, प्रविधि तथा डिजिटल वित्त, दिगो वित्त, र धोखाधडी तथा घोटाला रोकथामजस्ता मुख्य विषयवस्तुहरू समावेश गरिने बताइएको छ । यसले लगानीकर्ताहरूको सचेतनालाई थप वृद्धि गर्ने बोर्डले जनाएको छ ।

सप्ताहमा लगानीका आधारभूत सिद्धान्तहरू, जोखिम व्यवस्थापन र नयाँ लगानीका अवसरहरूको बारेमा पनि छलफल हुनेछ । आईओएससीओले यस कार्यक्रमार्फत लगानीकर्ताहरूलाई विश्वस्तरीय ज्ञान र अनुभव प्राप्त गर्ने अवसर प्रदान गर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*