साना किसान विकास लघुवित्तमा कर्मचारी माग

६ कार्तिक २०८१, मंगलवार ०८:५३

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा ८ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

कम्पनीले प्रबन्धक पदमा १ जना, वरिष्ठ अधिकृत पदमा ३ जना र अधिकृत पदमा ४ जनाका लागि दरखास्त खुलाएको छ । तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित कात्तिक २० गतेभित्र आवेदन दिनु पर्नेछ । दोब्बर दस्तुर तिरी कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*