ह्वात्तै बढ्यो कुरीलोको भाउ, अन्य तरकारीको मूल्य कति?

६ कार्तिक २०८१, मंगलवार ०८:११

काठमाडौं । कालिमाटी तरकारी बजारमा मंगलबार कुरीलोको भाउ ह्वात्तै बढेर ८०० रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको छ । अघिल्लो दिन कुरीलो ४०० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भएको थियो ।

आज घिरौला पनि २० रुपैयाँले बढेर ७० रुपैयाँ पुगेको छ भने तोरीको साग १० रुपैयाँले बढेर ८० रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको छ । स्थानीय काउली ११० रुपैयाँ, इस्कुस २० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ र सानो लोकल गोलभेडा १०० रुपैयाँ किलो न्यूनतम मूल्य छ ।

आज तीते करेला २० रुपैयाँले बढेर ६० रुपैयाँमा पुग्दा लौका १० रुपैयाँले घटेर ३० रुपैयाँ किलोमा झरेको छ । यस दिन पाकेको फर्सी ४० रुपैयाँ, भिण्डी ७० रुपैयाँ, बरेला ६० रुपैयाँ र तनेबोडी १३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ ।
कात्तिक ६ गतेको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*