हाथवेको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ कार्तिक २०८१, मंगलवार ०७:०७

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ६) अन्तिम दिन हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि बुक क्लोज गर्दैछ । तसर्थ आजसम्म कायम शेयरधनीमात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको घोषणा गरेको छ । घोषित लाभांश पारित गर्न कम्पनीले कात्तिक २५ गते आम्रपाली ब्यांक्वेट काठमाडौंमा सोह्रौं वार्षिक साधारणसभा बोलाएको छ । सभा बिहान १० बजेदेखि शुरू हुने कम्पनीले जनाएको छ ।

सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र एक जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी वृद्धि हुने भएकाले सो अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*