कृषि मन्त्रालयद्धारा रियल टाइम सफ्टवेयर शुभारम्भ, कृषि तथा पशुपन्छीको बीमा अनलाइनबाटै गर्न सकिने

५ कार्तिक २०८१, सोमबार १९:२९

काठमाडौं । कृषि तथा पशुपन्छीको बीमा अनलाइनबाटै गर्न सकिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमाको रियल टाइम सफ्टवेयर आजदेखि सञ्चालनमा ल्याएसँगै किसानले आफै बीमा गर्न सक्ने भएका हुन् ।

कृषि क्षेत्रमा सबैभन्दा बढी पशुधन बीमा हुने भएकाले सुरुमा सोको बीमा गर्न सकिने छ । यस्तै तरकारी बालीको पनि बीमा गर्न सकिने छ । तत्काललाई दुई बालीको बीमा अनलाइनबाट गर्न सकिने मन्त्रालयले जनाएको छ।

सफ्टवेयर सञ्चालन आएसँगै कृषि बीमा पारदर्शी हुने मन्त्रालयको दाबी छ । कृषि बीमामा आबद्ध रहेका १४ वटा कम्पनी छन् ।

किसानले कृषि बीमा गर्न नेपाल बीमा प्राधिकरणको धभदकष्मभ मा जानू पर्ने छ । त्यहाँबाट गकभच क्ष्म् बनाई कृषि बीमा गर्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*