हाथवे इन्भेष्टमेन्ट नेपालको वित्तीय प्रदर्शनमा गिरावट, सञ्चालन आम्दानीमा ठूलो कमी

५ कार्तिक २०८१, सोमबार १७:४३

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको वित्तीय विवरणहरूमा उल्लेखनीय उतारचढाव देखाएको छ । कम्पनीको व्यापार निरन्तर खस्किदो क्रममा रहेको हो ।

कम्पनीले सन् २०२१ मा ३ अर्ब ५२ करोड २० लाख रुपैयाँको सञ्चालन आम्दानी हासिल गरेको थियो तर त्यसपछि क्रमिक रूपमा यसमा गिरावट आएको छ । सन् २०२२ मा यो रकम १ अर्ब २७ करोड ७० लाख रुपैयाँमा झरेको थियो, जबकि २०२३ मा मात्र १५ करोड ६० लाख रुपैयाँमा खुम्चिएको छ । यता, २०२४ मा उक्त व्यापार २७ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको सञ्चालन लाभ प्रतिशत भने सुधार भइरहेको देखिन्छ । २०२१ मा कम्पनीको सञ्चालन लाभ आम्दानी अनुपात २३.१ प्रतिशत थियो भने २०२४ मा यो ७४.३ प्रतिशतमा पुगेको छ र २०२५ को प्रारम्भिक तथ्यांकले ८८.५ प्रतिशतको सुधार देखाएको छ ।

कम्पनीको ब्याज कभरेज अनुपातमा पनि सुधार देखिएको छ । २०२१ मा यो अनुपात १९.९ समय रहेकोमा २०२३ मा १.४ सम्म घटेको थियो ।तर, २०२४ मा यसमा पुनः सुधार देखिँदै ४.५ सम्म पुगेको छ । चालू अनुपातमा पनि यस्तै उतारचढाव रहेको छ ।

कुल ऋणरठोस खुद मूल्यको हिसाबले कम्पनीले प्रारम्भमा ऋणरहित अवस्थामा रहेर काम गरेको थियो तर पछि यो अनुपात क्रमशः ०.२ सम्म बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*