२२१ कम्पनीको शेयरमूल्यमा गिरावट, कुनको कति पुग्यो ?

५ कार्तिक २०८१, सोमबार १५:१६

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक आज ५७.९९ अंकले घटेर २६३९.९२ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै २२१ कम्पनीका लगानीकर्ताहरुले उल्लेख्य मात्रामा लगानी गुमाएका छन् । सोमबार शेयरमूल्य घटेका कम्पनीहरुमध्ये ङादी ग्रुप पावरको शेयरमूल्य ९.२० प्रतिशतले सर्वाधिक गुमेको छ ।

त्यस्तै, गूडविल फाइनान्स, इष्टर्न हाइड्रोपावर, गोर्खाज फाइनान्स लगायतका कम्पनीहरुको शेयरमूल्यमा भारी गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*