शेयर बजारबाट ७ अर्ब ४० करोडको पूँजीगत लाभकर संकलन

५ कार्तिक २०८१, सोमबार १०:३८

काठमाडौं ।  चालु आर्थिक वर्षको तीन महिनामा शेयर बजारबाट ७ अर्ब ४० करोडको पूँजीगत लाभकर संकलन भएको छ ।

सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार सो अवधिमा ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । साउनमा सबैभन्दा धेरै ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ संकलन भएकोमा भदौमा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ तथा असोज महिनामा ५८ करोड ६५ लाख रुपैयाँ संकलन भएको छ । भदौको तुलनामा असोजमा ७७ प्रतिशतले लाभकर घटेको छ ।

व्यक्तिगत लगानीकर्ताले सेयर खरिद गरेको १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ७।५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् भने १ वर्षभन्दा बढी अवधि होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ५ प्रतिशत तिर्दै आएका छन् ।

भदौमा उठेको पूँजीगत लाभकरमध्ये २३ करोड ६५ लाख ६९ हजार रुपैयाँ व्यक्तिगत दीर्घकालीन कर हो । त्यस्तै व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर २८ करोड ८५ लाख ६३ हजार छ भने संस्थागत पूँजीगत लाभकर ६ करोड ९ लाख ७२ हजार र स्टक डिलरको पूँजीगत लाभकर ४३ हजार रुपैयाँ बराबर छ ।
साउनको अन्तिम कारोबार दिन बजार बढेर ३००० मा पुगेको थियो । त्यस्तै भदौको अन्तिम कारोबार दिन २५८० मा रहेको बजार असोजको अन्तिम दिन २७४२ अंकमा कायम भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*