सोमबार सुनले बनायो नयाँ रेकर्ड, अब प्रतितोला कति ?
५ कार्तिक २०८१, सोमबार १०:३६
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनले आइतबारको रेकर्डलाई तोड्दै हालसम्मकै उच्च बनेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको हो ।