गरुडा नगरपालिकाद्वारा करारमा ७३ जना कर्मचारी माग

५ कार्तिक २०८१, सोमबार ०९:०६

काठमाडौं । रौतहटको गरुडा नगरपालिकाले करार सेवामा ७३ जना कर्मचारी माग गरेको छ ।

नगरपालिकाले सहायक स्तर चौथो तहका लागि १३ जना र श्रेणीविहीन तहका लागि ६० जना कर्मचारीबाट दरखास्त आह्वान गरेको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । साथै दोब्बर दस्तुर तिरी थप सात दिनसम्म आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सम्पर्क मिति कात्तिक २८ गते तोकेको छ भने परीक्षा मिति र केन्द्र पछि सार्वजनिक गरिने बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*