निर्दोष पार्टी सभापति रबि लामिछानेलाई तत्काल रिहाको मागसहित रास्वपा डोटीले बुझायो ज्ञापन पत्र

४ कार्तिक २०८१, आईतवार १६:१४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) डोटी जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयलाई सभापति रबि लामिछानेलाई तत्कार रिहा गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाएको छ ।

रास्वापा डोटी जिल्ला कमिटीले आइतबार सरकारलाई कसैप्रति राजनीतिक प्रतिशोध साध्नुभन्दा आफुतिर तानिएका प्रश्नहरुको जवाफ दिएर भ्रष्टाचारीहरुको फाइल खोल्न चुनौती दिदैं ज्ञापन पत्र बुझाएको हो।

डोटी जिला कमिटी सभापति केशब बलायरले केपी ओलि नेतृत्वको सरकारले वास्तविक सहकारी ठग धनराज गुरुङ र ऋषिकेश पोखरेललाई समेत पक्राउ गरी अनुशन्धान गर्नुका सट्टा बचाउ गरेको आरोप लगाएका छन् ।

साथै, रास्वपा डोटीले बाँसबारी जग्गा, टिकापुर जग्गा प्रकरण, ललिता निवास र भुटानी शरणार्थी प्रकरणहरुमा ठोस कदम चाली दोषीलाई कारबाही गुर्न समेत माग गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*