सिटिजन लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न (फोटोफिचर)

४ कार्तिक २०८१, आईतवार १५:४४

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय थापाथली,काठमाडौंमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीको केन्द्रिय कार्यालयमा आइतबार आयोजित उक्त कार्यक्रममा सर्वसाधारण, बीमित, अभिकर्ता र कर्मचारी लगायतको उपस्थिती रहेको छ । कम्पनीले आफ्ना देशभरीका शाखा कार्यालयहरुमा पनि रक्तदान लगायतका कार्यक्रम आयोजना गरिरहेको छ ।

कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा सिईओ पोषक राज पौडेल, डिसीईओ दिप बहादुर बिसी, चिफ मार्केटिङ अफिसर भुषण रिमाल, चिफ फाइनान्सियल अफिसर गणेश पंगेनी लगायतका कर्मचारीको बाक्लो उपस्थिती रहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सातौं वार्षिकोत्सव भव्य रुपमा मनाइरहेको छ । कम्पनीले गत शुक्रबार पनि आफ्ना सांस्कृतिक पहिरन लगायर खुशियाली साटासाट गरेका थिए ।

(फोटोफिचर) 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*