सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुदैछ आजको कारोबार ?

४ कार्तिक २०८१, आईतवार ११:०३

काठमाडौँ । नेपाली बजारमा सुनको भाउले लगातार चौथो दिन नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार (कात्तिक ४ गते) छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार कात्तिक २ गते सुनको भाउ १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ पुगेको छ । शुक्रबाट चाँदीको भाउ १९ सय ८० रुपैयाँमा कायम रहेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*