साहस उर्जा र अरुण काबेलीको साधारणसभा आज

४ कार्तिक २०८१, आईतवार ०९:२०

काठमाडौं । आज कात्तिक ४ गते साहस उर्जा लिमिटेड र अरुण काबेली पावर लिमिटेडको साधारणसभा बस्दैछ । साहस उर्जाले लाभांश सहित हकप्रद प्रस्ताव र अरुण काबेलीले हकप्रद प्रस्ताव पारित गर्न सभा बोलाएका हुन् ।

साहस उर्जाले ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको छ । यसका लागि आज काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बोलाएको छ ।

सभाले विभिन्न आवका वित्तीय विवरणहरू पारित गरी चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, बोनस शेयर वितरणपश्चात् कायम हुने चुक्ता पूँजीको १ः१ अनुपातमा ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको ३७ करोड ८० लाख कित्ता हकप्रद निष्काशन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज १३ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार सोको अघिल्लो दिनसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

यता अरुण काबेलीले १ः१ अुनपातमा हकप्रद निष्काशन गरी संकलित रकमबाट काबेली–ए जलविद्युत आयोजनाको शेयरमा लगानी गर्ने संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । यसका लागि काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि सभा बोलाएको छ ।

साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश गर्नेछ । सभा प्रयोजनार्थ यस कम्पनीले असोज १८ गते बुक क्लोज गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*