अरुण भ्याली हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ कार्तिक २०८१, आईतवार ०८:१९

काठमाडौं ।  अरुण भ्याली हाईड्रोपावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनर्था भोलि कात्तिक ५ गते बुक क्लोज गर्दैछ ।

बुक क्लोजका आधारमा आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरू मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।

गत वर्षको नाफाबाट यस कम्पनीले शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १४ गते होटल क्रिस्टल पशुपती गौशाला काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेण्टि दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेण्डा पनि समावेश गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*