बीमा अध्ययन अनुसन्धानका लागि आवेदन दिने म्याद थप

१७ भाद्र २०७८, बिहीबार १७:४४

काठमाडौं । बीमा समितिले अध्ययन अनुसन्धानका लागि अध्ययन प्रतिवेदन बुझाउने म्याद थप गरेको छ । समितिले बीमा क्षेत्रको अध्ययन अनुसन्धानमा क्रियाशिल संस्था प्रतिष्ठानहरुबाट छुट्टा छुुट्टै प्राविधिक र आर्थिक प्रस्ताव मागेमा सो अवधि भित्र पर्याप्त प्रस्तावहरु नआएको भन्दैे १५ दिन म्याद थप गरेको हो । सो अवधिमा प्राप्त प्रस्ताव असोज १ गते खोलिने समितिले जनाएको छ।

प्राविधिक प्रस्ताव पेश गर्नेहरु मध्ये बढीमा ३ उत्कृृष्ट प्रस्तावहरु छनौट गरी ति प्रस्तावकका मात्र आर्थिक प्रस्ताब खोलिनेछ । यस सम्बन्धी विस्तृत जानकारीका लागि यस समितिको सूचनापाटी तथा वेभसाईटमा हेर्न आग्रह गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*