बाढी पहिरोको दाबी काठमाडौं उपत्यकामा ८९ प्रतिशत, कुल पौने ९ अर्बमध्ये उपत्यकामै साढे ६ अर्बको दाबी

२ कार्तिक २०८१, शुक्रबार १७:५६

काठमाडौं ।  गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण ठूलो धनजनको क्षति भएको छ । बाढी पहिरोको दाबी सबैभन्दा धेरै काठमाडौं उपत्यकामा परेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर ८७ प्रतिशत भन्दा धेरै दाबी परेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै २ हजार ५१३ वटा दाबी परेको हो । यसमध्ये काठमाडौँमा १ हजार ७३१ वटा, ललितपुरमा ६४६ वटा र भक्तपुरमा १३६ वटा दाबी परेको उल्लेख गरिएको छ ।

रकमको आधारमा तीन जिल्लामा ६ अर्ब ६७ करोड रुपैयाँ (७४ प्रतिशत) बराबरको मागदाबी रहेकोमा जम्मा १६ करोड २७ लाख रुपैयाँ (९४ प्रतिशत) भुक्तानी भएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा धेरै काठमाडौंबाट मात्रै ३ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

दोस्रोमा ललितपुर जिल्ला रहेको छ। ललितपुर जिल्लाबाट २ अर्ब २७ करोडको बीमा दाबी परेको छ।

तेस्रोमा चितवन जिल्ला रहेको छ । चितवन जिल्लाबाट बीमा कम्पनीहरुमा ६४ करोड रुपैयाँ बराबरको दाबी परेको छ।

चौथौमा भुक्तपुर जिल्ला परेको छ। भुक्तपुरबाट ४२ करोड ४२ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ।

यसपटकको क्षतिमा परेको मागदाबीमध्ये सङ्ख्याको आधारमा काठमाडौँ उपत्यकामा ८७ प्रतिशत भन्दा धेरै दाबी परेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै २ हजार ५१३ वटा दाबी परेको हो । यसमध्ये
रकमको आधारमा तीन जिल्लामा ६ अर्ब ६७ करोड रुपैयाँ (७४ प्रतिशत) बराबरको मागदाबी रहेकोमा जम्मा १६ करोड २७ लाख रुपैयाँ (९४ प्रतिशत) भुक्तानी भएको छ ।

यसबाहेक चितवनमा ६४ करोड ५८ लाख, मकवानपुरमा ५१ करोड ७४ लाख, काभ्रेमा ३३ करोड ७५ लाख रुपैयाँ र सङ्खुवासभामा १४ करोड ५४ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
यो अवधिमा सात प्रदेशका ५४ जिल्लाबाट मागदाबी प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, दैलेख, तनहुँ र कैलालीमा सबैभन्दा कम बीमा दाबी परेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

दैलेखमा १ लाख रुपैयाँ, तनहुँमा ५० हजार रुपैयाँ र कैलालीमा १० हजार रुपैयाँ बीमा दाबी परेको तथ्यांकमा उल्लेख रहेको छ।


पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*