प्रतिकित्ता कति रुपैयाँमा किन्न पाइन्छ वाणिज्य बैंकको शेयर ? (सूचीसहित)
काठमाडौँ । दशैँपछिको शेयर कारोबारमा वाणिज्य बैंकहरुको शेयरमूल्य वृद्धि भएको छ । यो साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको थियो ।
यो साता बैंकिङ्ग उपसूचक ० दशमलव ४० प्रतिशत अर्थात ६.४२ अंकले बढेर १६०८ दशमलव २४ को विन्दुमा कायम भएको छ । बैकिङ्ग इन्डेक्समा कारोबार हुने बैंकहरुको शेयरमूल्य न्यूनतम् २ सय रुपैयाँदेखि अधिकतम् ७ सय रुपैयाँ कायम भएको छ ।
नेप्सेमा सुचीकृत भई कारोबार भएका बैंकहरुमध्ये ११ वटाको शेयरमूल्य बृद्धि भएको छ भने ६ वटाको घटेको छ । साथै प्रभु बैंक र सानिमा बैंकको शेयरमूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
यो साताको अन्तिम कारोबारमा वाणिज्य बैंकहरुमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य ७१० रुपैयाँले सबैभन्दा बढी रहेको छ । त्यसपछि एभरेष्ट बैंकको ६१५ रुपैयाँ र नबिल बैंकको ६०७ रुपैयाँमा कारोबार भएको छ ।