कामना सेवा विकास बैंकमा सञ्चालक भीम प्रसाद तुलाचनको सबैभन्दा बढी शेयर, अन्य कुनको नाममा कति ?

२ कार्तिक २०८१, शुक्रबार १४:०६

काठमाडौँ । कामना सेवा विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०।०८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

पारित प्रतिवेदन अनुसार बैंकका संस्थापक शेयरधनी भीम प्रसाद तुलाचनको सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ । उनीसँग बैंकको दुई लाख १२ हजार कित्ता संस्थापक समुह र ५५ हजार कित्ता सर्वसाधारण समुहको रहेको छ ।

त्यस्तै, सञ्चालक समिति अध्यक्ष सुदिप अचार्यको नाममा ५४ हजार कित्ता संस्थापक समुह र तीन हजार कित्ता सर्वसाधारण समुहको रहेको छ । संस्थापक शेयरधनी चतुराखर अधिकारीको नाममा १ लाख कित्ता, सर्वसाधारण समुहका शेयरधनी विश्वेश्वर सुवेदीको नाममा ८३५ कित्ता र बलाराम घिमिरेको नाममा ३८३७ कित्ता शेयर रहेको छ ।

स्वतन्त्र सञ्चालक सीता घिमिरेको नाममा कुनै पनि शेयर नरहेको बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*