सांस्कृतिक पहिचान झल्कने पहिरन लगाएर सिटिजन लाइफका कर्मचारीले मनाए वार्षिकोत्सव (तस्वीरहरू)

२ कार्तिक २०८१, शुक्रबार १२:५७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरू यतिबेला हर्षाेल्लासका साथ वार्षिकोत्सव मनाउदैछन् । कम्पनीले ७ वर्षको लामो यात्रा पार गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ ।

‘समृद्धि तपाईंको, साथ हाम्रो’ भन्ने मूल नाराका साथ अघि बढेको सिटिजन लाइफ इन्स्योरेन्स २०७४ भदौ ७ गतेका दिन जीवन बीमा व्यवसाय गर्न इजाजतपत्रप्राप्त गरी २०७४ कात्तिक २ गतेबाट व्यवसायिक कारोबार थालेको थियो । हाल यस कम्पनीको प्रधान कार्यालय समेत गरी १३६ वटा शाखा तथा उपशाखा कार्यालयबाट आधुनिक प्रविधिमार्फत आम जनतालाई बीमा सेवा प्रदान गरिरहेको छ ।

आज कम्पनीका सिईओ, कर्मचारी देखि अभिकर्तासम्म मौलिक पहिचान झल्कने पहिरनमा सजिएर हर्षाेल्लासका साथ वार्षिकोत्सव मनाउनमा व्यस्त छन् । साथै कम्पनीले हरेक वर्षझैं यस वर्ष पनि विभिन्न स्थानहरूमा रक्तदान लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने बताएको छ ।

तस्वीरहरूः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*