प्रतिपक्षी दलहरूबीच एकजुट सन्देश सहितको बैठक

२ कार्तिक २०८१, शुक्रबार ११:१९

काठमाडौ । प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा जारी छ ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा बसेको विपक्षी दलको बैठकमा रास्वपाबाट मात्रै ६ नेता सहभागी भएका छन् । सभापति रवि लामिछान,े लोसपा नेपालको महन्थ ठाकुर सहित ७ नेताहरु बैठकमा सहभागी भएका हुन् ।

बैठकमा रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त महर्जन सहभागी भएका हुन् ।

बैठकमा माओवादीबाट भने प्रचण्ड र शक्ति बस्नेत तथा एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन् । यस्तै आजपाबाट अध्यक्ष प्रभु साह सहभागी हुँदा सत्ता पक्षमै रहेपनि लोसपाका अध्यक्ष महन्थ ठाकुर सहभागी छन् ।

नयाँ बानेश्वरस्थित प्रचण्डको कार्यकक्षमा प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*