आरएसडिसी लघुवित्तद्वारा १०% लाभांश घोषणा

२ कार्तिक २०८१, शुक्रबार ०९:२८

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनाथ) वितरण गर्ने निर्णय गरेको हो ।

साथै समितिले उक्त लाभांश प्रस्ताव नियाक निकाय नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र स्वीकृति पश्चात् आगामी ११औं वार्षिक साधारणसभामा पारितका लागि प्रस्ताव गर्ने निर्णय समेत गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*