प्रभु सेलेक्ट र स्मार्ट फण्डको नगद लाभांश बैंक खातामा

२ कार्तिक २०८१, शुक्रबार ०८:१२

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले असोज १३ गतेसम्म कायम इकाईधनीको बैक खातामा नगद लाभांश (प्रतिफल) पठाएको छ ।

प्रभु सेलेक्ट फण्डले कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डले कर सहित ८.५० प्रतिशत नगद लाभांश इकाईधनीको बैंक खातामा पठाएको हो । साथै लाभांश प्राप्त गर्न बाँकी इकाईधनीलाई फण्डले डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न तथा इकाई अभौतिकीकरण गर्न आग्रह समेत गरेको छ ।

फण्डको योजना व्यवस्थापकमा प्रभु क्यापिटल लिमिटेड र कोष प्रवद्र्धकमा प्रभु बैंक लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*