सानिमा क्यापिटलले बोलायो साधारणसभा

२ कार्तिक २०८१, शुक्रबार ०७:४२

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा संचित रकम समेतबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्न नवौं वार्षिक साधारणसभा बोलाएको छ । क्यापिटलले कात्तिक २६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत (कर समेत) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने र नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरू सभामा पेश गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*