प्रभु बैंकको पौने दुई लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२ कार्तिक २०८१, शुक्रबार ०७:१९

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर विद्यमान संस्थापक शेयरधनी वा सो बाहेकका व्यक्ति तथा संस्थाहरूले किन्न पाउनेछन् । बैंकले यसअघि नै संस्थापकहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिसकिएको जनाएको छ ।

सो शेयर खरीद गर्न इच्छुकले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*