माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२ कार्तिक २०८१, शुक्रबार ०६:४९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा राखेको हो ।

सो शेयर पहिलो पटक विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी र तत् पश्चात् पुनः दुई पटक संस्थापक वा सो बाहेकका अन्य व्यक्ति वा संस्थाले किन्न पाउने गरी बिक्री खुला गरिसकिएको बैंकले जनाएको छ ।

पटक पटक बिक्री सम्बन्धी सूचना प्रकाशित गर्दा समेत खरीद आवेदन प्राप्त नभएपछि बैंकले पुनः ७ दिनको म्याद सहित शेयर बिक्रीमा राखेको जनाएको छ । उक्त शेयर संस्थापक वा सर्वसाधारण दुवैले खरीद गर्न पाउनेछन् । शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेड, बाघ दरबारमा आफूले किन्न चाहेको शेयर संख्या र मूल्य खुलाई निवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*