विविध कार्यक्रमसहित एभरेष्ट बैंकको ३०औं वार्षिकोत्सव सम्पन्न

१ कार्तिक २०८१, बिहीबार १८:५१

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव मनाएको छ । बैंकले कार्तिक १ गते का दिन बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदरपत्र वितरण गर्दै वार्षिका्ेत्सव मनाएको हो ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बिभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवीप्रकोप, वातावरण संरक्षण, संस्कृति प्रबर्धन लगायतका क्षेत्रहरुमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको जनाएको छ । ३० औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट रु एक करोडको आर्थिक सहयोग गरेको छ ।

उक्त कार्यक्रममा,एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्रा।डा। भगवान कोइरालाूलाई उक्त चेक हस्तान्तरण गरेका थिए । यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको उल्लेख गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत नै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाण्डौकोे सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*