बाढीको कारण बीमा कम्पनीमा पौने ९ अर्बको दाबीः १७ करोड २८ लाखमध्ये, शिखर एक्लैको १७ करोड २४ लाख भुक्तानी (सूची सहित)

रिना खत्री
१ कार्तिक २०८१, बिहीबार १८:२७

काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण ठूलो धनजनको क्षति भएको छ । त्यस क्रममा बाढी पहिरो र वर्षाले पुराएको क्षति वापतको अहिले बीमा कम्पनीहरू बीमा दाबी भुक्तानीका लागि सक्रिय रुपमा लागि परेका छन् ।

उक्त क्रममा पौने ९ अर्बको बीमा दाबीमध्ये १७ करोड २८ लाख बीमा दाबी भुक्तानी भएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार १४ बीमा कम्पनीमध्ये ६ बीमा कम्पनीहरुले ९७ बीमा दाबी वापत १७ करोड २८ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी दिएको हो । सोमध्ये सम्रग बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्स कम्पनीले ९९ प्रतिशत दाबी गरिसकेको छ। कम्पनीले एक्लैले असोज ३० गतेसम्ममा १७ करोड २४ लाख रुपैयाँको भुक्तानी गरिसकेको छ। अर्को सातामा सम्पूर्ण क्लेम सेटलमेन्ट गर्ने तयारीमा कम्पनी लागेको छ।

बीमा कम्पनीहरुमा ३ हजार २ सय ४४ दाबी परेको ८ अर्ब ९८ करोड रुपैयाँमध्येबाट १७ करोड रुपैयाँ बीमा दाबी भुक्तानी दिएका हुन् । बाँकीको डकुमेन्टेसनको काम भईरहेको र सकेसम्म चाँडो बीमा दाबी भुक्तानी गर्न कम्पनीले जोड दिएको बीमक संघका अध्यक्ष चंकी क्षेत्री बताएका छन् ।

शिखर इन्स्योरेन्स कम्पनीले विपदमा बीमा दाबी भुक्तानीलाई झन्झटरहित बनाउँदै बीमितलाई सहज गराउने नारालाई सार्थकतामा बदलेको छ । कम्पनीले विपतिको घडीलाई मध्यनजर गर्दै अग्रिम बीमा दाबी भुक्तानीको व्यवस्था समेत गरेको थियो । उक्त विषयमा बीमितहरुले कम्पनीको विषयमा खुलेरै प्रशंसा समेत गरेका थिए ।

कम्पनी एक्लैले विपद्को घडीमा बीमितहरुको सेवाको लागि ८९ वटा बीमा पोलिसी वापत १७ करोड २४ लाख रुपैयाँ वापतको बीमा दाबी भुक्तानी गर्न गरेको छ ।

बीमा कम्पनी जोखिम वहन गर्न बसेका हुन् । कम्पनीको दायित्व हामीले निर्वाह गनुपर्छ । विपद्को घडीमा हामीले गरेको झन्झटरहित र छिटो दाबीले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिप प्रकाश पाण्डे बताँउछन् ।

आगामी साता सबै बीमा दाबी भुक्तानी दिने प्रणमा हामी छौं, बीमितहरुको डकुमेन्टको काम अल्झिएर नै हामी पर्खिरहेका हौैं, उनले भने ।

विपत्को चुनौंतीमा बीमितको सारथी बन्ने हाम्रो दायित्व हो, यतिबेला नै छिटोछरिटो बीमा दाबी भुक्तानी गरेर बीमितको मन मष्तिकमा बीमाको विश्वासनीयता बढाउने अवसर बीमा क्षेत्रको हो । बीमा कम्पनीहरुका लागि यो एउटा अवसर पनि हो ।

Source: Nepal Beema Pradikaran

नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने सिद्धार्थ इन्स्योरेन्समा सबैभन्दा धेरै बीमा दाबी परेको छ । कम्पनीमा १ अर्ब ९५ करोड रुपैयाँको बीमा दाबी परेको छ । कम्पनीले डकुमेन्टेसनको काम भईरहेको र दाबी भुक्तानी गर्ने क्रममा रहेको जानकारी दिएको छ । तर कात्र्तिक १ गतेसम्म भने कम्पनीले बीमा दाबी भुक्तानी गरिसकेको छैन ।

दोस्रोमा दि ओरियन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीमा १ अर्ब ४५ करोडको बीमा दाबी परेको छ । कम्पनीले असोज अन्तिम सम्ममा एक बीमा दाबी वापत २३ हजार ९ सय ४० रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी दिएको छ ।

तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीमा १ अर्बको बीमा दाबी परेको छ । कम्पनीले २३ हजार ९ सय ४० रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ ।

त्यस्तै, नेको इन्स्योरेन्समा ९६ करोड ८५ लाख रुपैयाँको बीमा दाबी परेको छ । नेको इन्स्योरेन्स कम्पनीले बीमा दाबी वापत ६६ हजार १ सय ३८ रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ ।

सानिमा जिआईसीमा १७ करोड ७६ लाख रुपैयाँको बीमा दाबी परेको छ । कम्पनीले यी दाबीमध्ये २ लाख १६ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ ।

प्रभु इन्स्योरेन्स कम्पनीमा १० करोड २५ लाख रुपैयाँ वापतको बीमा दाबी परेको छ । कम्पनीले ११ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा ३१ करोड ५३ लाख रुपैयाँको बीमा दाबी परेको छ । कम्पनीले यस अवधिसम्ममा ३८ हजार ८ सय ७८ रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ ।

सलिको इन्स्योरेन्स कम्पनीमा ६६ करोड रुपैयाँ बीमा दाबी परेको छ । तर कम्पनीले यस अवधिमा बीमा दाबी भुक्तानी गरेको छैन ।

प्राधिकरणको तथ्यांक अनुसार नेशनल इन्स्योरेन्स कम्पनीमा ५६ करोड रुपैयाँ, नेपाल इन्स्योरेनस कम्पनीमा ३४ करोड रुपैयाँ एनएलजी इन्स्योरेन्स कम्पनीमा १९ करोड रुपैयाँ र युनाईटेड अजोडमा १० करोड रुपैयाँको बीमा दाबी भुक्तानी परेको छ । यी कम्पनीहरु भने डकुमेन्टेसनमा रहेको छ । त्यसकारण ती कम्पनीहरूले असोज महिनाको बीमा दाबी भुक्तानी गरेको छैन ।

Source: Nepal Beema Pradikaran

त्यस्तै, लघुबीमा कम्पनीहरुमा पनि बीमा दाबी परेको छ । सानो रकममा गरेको सम्पत्ति, मोटरको बीमा दाबी परेको देखिन्छ ।

स्टार माईक्रोको ३५ लाख रुपैयाँ, टष्ट माईक्रोको १५ लाख रुपैयाँ, नेपाल माईक्रोको ८ लाख ५० हजार रुपैयाँ र प्रोटेक्टिभ माईक्रोको ३ लाख ५० हजार रुपैयाँको बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई बाढीले पुर्याएको क्षति संकलन गरी तल्काल दाबी भुक्तानी दिन निर्देशन दिईसकेका छ। पछिल्लो पटकको अविरल बर्षाका कारण देशभर आएको बाढी र पहिरोले पुर्याएको भौतिक तथा मानविय क्षति संकलन गरी बीमितलाई दावी भुक्तानीमा यथाशिघ्र दिन र चुनौतीलाई अवसरमा बदल्न बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकहरुलाई निर्देशन दिएको थियो । सो अनुसार नै बीमा कम्पनीहरु सक्रिय भएका छन् ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार बाढी पहिरोको कारण सम्पत्ति, इन्जिनियरिङ ठोक्का र स्टोर, मोटर बीमामा बढी देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*